प्रतिनिधिसभामा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेश, अर्को बैठक फागुन २२ गते

काठमाडौं । प्रतिनिधिसभाको बैठक राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेश भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गनुभएको हो ।१ बजेका लागि बोलाइएको बैठक समयभन्दा १५ मिनेट ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले उठेर अवरोध गरेका थिए ।उनीहरूले संसदीय मर्यादा पालनाको माग गर्दै पछिल्लो सात महिनादेखि संसद बैठक अवरोध गर्दै आएका छन् ।आफूले कारबाही गरेको १४ सांसदलाई कारबाही गरेको सूचना प्रकाशित नगरेको भन्दै एमाले सभामुखसँग रुष्ट छ । पछिल्लो समय उसले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन र १४ सांसदलाई कारबाहीको माग गर्दै आएको छ ।प्रतिनिसभाको अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।साभार ईमेज खबर

Back to top button