मुगुबाट सुर्खेत जाँदै गरेकाे हेलिकप्टरमै शिशुकाे जन्म

जुम्ला – मुगुको खत्याड गाउँपालिका ४ की २० वर्षीया धनलक्ष्मी रावलले हेलिकप्टरमै बच्चा जन्माउनुभएको छ । सुत्केरी व्यथा लागेकी गर्भवतीको नेपाली सेनाले उद्धार गरेर सुर्खेत लैजाने क्रममा रावलले हेलिकप्टरमै बच्चालाई जन्म दिनुभएको हो ।

आमा र शिशुलाई अहिले प्रदेश अस्पतालमा सुर्खेतमा राखिएको छ । सेना दिवसको अवसरमा याे मानवीय उद्धार नमुनाको सेवा भएको सेनाले जनाएको छ । उज्यालो अनलाईन

Back to top button