महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापन सम्बन्धी सबै तयारी पूरा

काठमाडौं । मंगलबार महाशिवरात्रि पर्वको अवसरमा विशेष ट्राफिक योजना तयार पारिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिमा हुने महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा गरेको हो ।पशुपति क्षेत्रमा हुने भक्तजन एव दर्शनार्थीको भीडलाई मध्यनजर गरि सहज आवतजावतको प्रबन्ध मिलाएको महाशाखाको भनाइ छ । धेरै टाढा टाढाबाट भक्तजन आउने हुनाले उनीहरुको सुविधाका लागी निर्वाध आवतजावतको व्यवस्था मिलाइएको ।दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क–गौशाला–तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरि वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइने प्रहरीले जनाएको छ ।महाशिवरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एव प्रभावकारी बनाउन करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुने महाशाखाले जनाएको छ । महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चाबहिल, गौशाला, तिलगंगा हँुदै अन्यत्र जाने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।ईमेज खबर

Back to top button