४३ अङ्कले घटेर शेयर बजार राताम्मे, जलविद्युत् समूहका सबैजसो कम्पनीको शेयर ओरालो

काठमाण्डाै – हप्ताको दोस्रो दिन आज साेमवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव १ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव ६० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बीमा, जलविद्युत्, व्यापार, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २७ कम्पनीका ७८ लाख ३४ हजार कित्ता शेयर तीन अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँको शेयर किनबेच भयो । आज तेह्रथुम पावर कम्पनी र साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । उज्यालो अनलाईन

Back to top button