२४ घण्टामा १ सय ८० जनामा काेराेना पुष्टि, ४ सय जना निकाे

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी आठ हजार तीन सय ४१ जनाको नमुना परीक्षण गरेकोमा एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार सय जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५६ हजार चार सय १३ जना पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ३६ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।  अहिले नेपालमा आठ हजार दुई सय ३५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । उज्यालो अनलाईन

Back to top button