सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग, एमसीसीको विरोधमा आन्दोलन गर्ने

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । आज साेमवार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी जबरजस्ती अनुमोदन गरिएको भन्दै गठबन्धन छाड्ने निर्णय गरेको हो ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनका विरुद्ध जनमोर्चाले पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आए पनि अहिले सरकारले नेपालको स्वाधीनता र सुरक्षाको विरुद्धमा रहेको एमसीसी अनुमोदन गरेकाले गठबन्धनबाट बाहिरिएको जनाएको छ ।

नेपाली नागरिक सडकमा आएकाे अवस्थामा जलझेल गरेर ध्वनि मतको आधारमा एमसीसी पारित गरेको आरोप लगाउँदै जनमोर्चाले तानाशाही तथा निरङ्कुश प्रवृत्तिको विरोध तथा भण्डाफोर गर्ने जनाएको छ ।यस्तै एमसीसीविरुद्धको सङ्घर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९ देखि २२ गतेसम्म देशव्यापी, जिल्ला तथा स्थानीयस्तरका विरोध सभाहरू गर्ने जनमोर्चाले निर्णय गरेको छ ।उज्यालो अनलाईन

Back to top button