अन्तराष्ट्रिय पर्वत समाजले आयोजना गरेको शिविर सम्पन्न ७ सय २८ जना लाभाम्बित

पर्वत। अन्तराष्ट्रिय पर्वत समाजले पर्वतको जलजला गाउँपालिका र पैयुँ गाउँपालिकामा आयोजना गरेको छुट्टाछुट्टै शिविरमा ७ सय २८ जनाले स्वास्थ्य सेवा लिएका छन् । जलजला –७ धाईरिङ मिलनचोकमा शनिवार आयोजना गरेको शिविरमा दुई १५ जना र पैयुँ –४ हुवासमा आयोजना गरेको स्वास्थ्य शिविरमा ५ सय १३ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको स्वास्थ्य शिविर संयोजक एवम् अन्तराष्ट्रिय पर्वत समाजकी उपाध्यक्ष डाक्टर कार्की कुवँरले जानकारी दिनुभयो ।उहाँका अनुसार जलजला गाउँपालिकामा भएको शिविरमा २१५ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन् भने पैयुँ गाउँपालिकामा सञ्चालित शिविरमा महिला तथा स्त्री रोगसँग सम्बबन्धित ११७ जना, दन्त रोग सम्बन्धी १६१ जना र जनरल फिजिसियन सेवा २३५ जनाले लिएका थिए । ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले जलजला र पैयुँ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको कुवँरले बताउनु भयो ।

दुई ठाउँमा आयोजना गरेको शिविरमा पाठेघरको मुखको क्यान्सर परिक्षण, सेतो पानी बग्ने रोगको उपचार, स्त्री रोग सम्बन्धी स्वास्थ्य परिक्षण, पन्त परिक्षण तथा उपचार, दाँत निकाल्ने र साधारण रोगको परिक्षण तथा उपचार गरिएको थियो । शिविरमा सहभागी भएकामध्ये अधिकांश महिलामा पाठेघर खस्ने र तल्लो पेट दुख्ने, ढाड दुख्ने, ग्याष्टिकको समस्या र दाँत दुख्ने समस्या बढी देखिएको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ धर्मदेव ढकाल,अनु हिराचन, दन्तरोग विशेषज्ञ कृष्ण सुवेदी र जनरल चिकित्सक हेमन्त बास्तोलाले सर्वसाधरणहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल संयोजक मुना भुषालले जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जलजला र दक्षिण क्षेत्रमा पर्ने पैयुँ गाउँपालिकामा सञ्चालन भएको यो बृहत शिविरमा सेवा लिन आउनेको संख्या अधिक देखिएको बताउनु भयो ।

विभिन्न उपकरणसहित सेवा दिँदा गरिब तथा विपन्न नागरिक दंग परेको उहाँको भनाई छ । शिविरमा स्वास्थ्य चेकजाँचका साथै बिरामीलाई निःशुल्क औषधी समेत वितरण गरिएको भुषाल गण्डकी संचारलाई जानकारी दिनुभयो । दुई वटै शिविर गाउँपालिकाको व्यवस्थापनमा संचालन गरिएको हो ।अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले ग्रामीण विपन्न वर्गका जनतालाई घर आगमनमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरेको शिविर बृहत रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले शिविर सम्पन्न गर्न सहयोग गर्ने गाउँपालिका प्रमुख लगायत जनप्रतिनिधी, अस्पताल विकास समितिका पदाधिकारी एवम् डाक्टरहरु, समाजलका प्रमुख संरक्षक, सल्लाहकार, पदाधिकारी एवम् शिविरमा खट्नुपर्ने सम्पूर्ण महानुभावहरुलाई आभार व्यक्त गर्नुभएको छ ।शिविर सम्पन्न गर्न सहयोग गर्नेलाई अन्तराष्ट्रिय पर्वत समाजद्धारा धन्यवाद व्यक्त

Back to top button