पोखरा-जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालनमा

काठमाडौं । पोखरा-जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालनमा आएको छ ।हिउँदको प्रतिकूल मौसम र कोरोना संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा-जोमसोम हवाई सेवा बन्द भएको थियो ।जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा-जोमसोम उडान हुन थालेको जानकारी दिनुभयो ।पोखरा-जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच÷पाँच वटा उडान भर्दै आएका छन् ।हवाई उडान चालु भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने-आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिकदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले जनाएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् । अहिले सडकमार्ग भएर पनि मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।दैनिक एक हजार ५ सय पर्यटक सडक मार्ग भएर मुस्ताङ भित्रिने गरेको घाँसा प्रहरी चौकीले जनाएको छ ।साभार ईमेज खबर

Back to top button