तोकिएको समयमै मेलम्ची खानेपानी उपत्यकामा भित्र्याउँन सरकार प्रतिवद्ध छ : मन्त्री चौधरी

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाडौंवासीलाई उपलब्ध गराउने गरी सो खानेपानी आयोजनाको काममा तीब्रता दिइएको दावीसमेत गर्नुभयो ।नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढि र पहिरोको कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर काठमाडौंबासीलाई उपलब्ध गराउन राष्ट्रको नाममै सम्बोधन गरेको स्मरण गराउँदै सो खानेपानीको व्यवस्थापनमा ढिलाई नहुने दोहोर्याउनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘काठमाडौंबासीले खानेपानीको कुरा उठाईराखेको छ । भर्खरै हाम्रो नेपाल सरकारले पनि घोषणा गरिसकेको छ । हाम्रा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रको नाममा सम्बोधन गरिसक्नुभएको छ ।मन्त्री चौंधरीले खानेपानी महशुल निर्धारण आयोग केहीदिन भित्रै गठन गर्ने घोषणा समेत गर्नुभयो । केही वर्षदेखि सो आयोग रिक्त रहेको उल्लेख गर्दै उहाँले त्यसलाई पूर्णता दिन सरकारले प्रक्रिया अघि बढाईसकेको बताउनुभयो ।मन्त्री चौधरीले सो आयोग अन्तरगत रहेर सरकारले आम नागरिकलाई अझै सर्वशुलभ ढंगले खानेपानीको व्यवस्था गर्न लागेको पनि बताउनुभयो । उहाँले भन्नु भयो, ‘संविधान र नेपाल सरकारको दृष्टिकोणले हेर्दा पनि न्यूनतम शुल्कमा आम ग्राहकले खानेपानीको सेवा पाओस् भन्ने मेरो चाहना छ ।

साथै त्यो अनुसार कार्यक्रम बनाएर अगाडि बढनोस् । अव जहाँसम्म शुल्कको कुरोमा हामीले शुल्क निर्धारण आयोग धेरै वर्षदेखि रिक्त छ । त्यो शुल्क निधारण आयोग हामी गठन गर्नका लागि प्रक्रिया अगाडि बढाईसकेका छौं ।अविलम्ब केही दिनमा त्यसले पूर्णता पाउनेछ । र, हामी तदनुरुप हाम्रो खानेपानी संस्थान मात्रै होईन, हाम्रो केयूकेल र खानेपानी विभाग अन्तरगतका जुन हाम्रो शाखाहरु छन । त्यसलाई शुल्क निर्धारण आयोग अन्तरगत नै सर्वशुलभ बनाउने विषयलाई अगाडि बढाउनेछौं ।’मन्त्री चौधरीले ‘एक घर, एक घारा’ कार्यक्रमको सेवा विस्तार गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो । हाल सो सेवा देशका विभिन्न २३ वटा सहरहरुमा संचालनमा आएको छ ।त्यसलाई देशभर विस्तार गर्न मन्त्री चौधरीले नेपाल खानेपानी संस्थान, खानेपानी विभागलाई निर्देशन दिनुभयो ।साभार ईमेज खबर

Back to top button