२५ वर्षपछि पाकिस्तान पुगेको अस्ट्रेलियाली क्रिकेट टोलीलाई ४ हजार प्रहरीको घेरासहित कडा सुरक्षा

काठमाण्डाै – झन्डै २५ वर्षपछि अस्ट्रेलियाको क्रिकेट टोली पाकिस्तान पुगेको छ । आज आइतवा बिहान अस्ट्रेलियाको क्रिकेट टोली एक विशेष चार्टर्ड उडानमार्फत पाकिस्तानको राजधानी इस्लामावाद पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।पाकिस्तान अवतरण हुनेबित्तिकै अस्ट्रेलियाको टोलीलाई उच्च सुरक्षाको घेरामा राखिएको छ । पाकिस्तानमा रहँदा अस्ट्रेलियाको टोलीलाई चार हजार जना प्रहरीले राष्ट्रियस्तरको सुरक्षा दिनेछन् । आज इस्लामावाद पुगेको टोली कडा सुरक्षा घेरामा एक हप्ता क्वरेन्टीनमा बस्नेछ ।पाकिस्तान भ्रमणका क्रममा अस्ट्रेलियाले तीन टेस्ट, तीन एकदिवसीय र एउटा टी–२० खेल्नेछ । पहिलो टेस्ट मार्च ४ तारिखदेखि सुरु हुनेछ । खेलहरू रावलपिण्डी, कराँची र लाहोरमा हुनेछन् ।अस्ट्रेलियाले यसअघि सन् १९९८ मा पाकिस्तानको भ्रमण गरेको थियो । अस्ट्रेलियाले पछिल्लो पटक पाकिस्तान भ्रमण गरेयता पाकिस्तानमा साढे २२ करोड जनसङ्ख्या थपिएको छ, त्यसैले साढे २२ करोड पाकिस्तानीका लागि अस्ट्रेलियाको टोली पहिलो पटक उनीहरूको देशमा पुगेको हो ।पाकिस्तानमा भएको आन्तरिक युद्धका कारण निकै कम विदेशी क्रिकेट टोली पाकिस्तान गइरहेको बेला सन् २००९ मा श्रीलङ्काको टोलीमाथि बम आक्रमण भएपछि पाकिस्तानमा विदेशी टोली गएका थिएनन् । गएकाे वर्षदेखि पाकिस्तानमा विदेशी टोली जान थालेका छन् । साभार उज्यालो अनलाईन

Back to top button