स्वास्थ्यमन्त्री र मुख्यसचिवले गरे अंगदानको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंग दान गर्ने घोषणा गरेका छन् ।राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका हुन् ।मन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । मन्त्री खतिवडाले भन्नुभयो, ‘मैले अंग दान गर्ने घोषणा गरेँ, त्यसको लागि मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनुहोला’ उनले भनेका थिए ।

त्यस्तै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले आफू अंग दान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरु सार्वजनिक गर्ने बताए । उनले नेपालले विगत दुई वर्ष यता स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको क्षेत्रमा उल्लेख्य फड्को मारेको बताए । ‘म अंगदान गर्ने घोषणा गर्न चाहन्छु । यसमा धेरै स्वेच्छिक धारणाहरु आउनेछन्, कहाँ कहाँ लिखित के गर्नुपर्छ, त्यसको प्रबन्ध राम्रोसँग गरेर राख्नुहोला ।’यस वर्ष सरकारले गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहति स्वास्थ्य सेवा दिवस मनाएको छ ।साभार अनलाईन खबर

Back to top button