नयाँ बानेश्वरमा आज पनि प्रर्दशन जारी

काठमाडौं । संसदमा आज अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी भएसँगै अहिले नयाँ बानेश्वर क्षेत्रमा प्रर्दशन भईरहेको छ ।सत्ता गठबन्धनले एमसीसीलाई व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट आजै अनुमोदन गर्ने निर्णय गरेका छन् । यता बानेश्वरमा भने विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले आज पनि प्रर्दशन जारी राखेका छन् ।प्रदर्शनकारीहरुले ‘एमसीसी खारेज गर’ लगायतका नारा लगाइरहेका छन् ।यसैगरी, एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।साभार ईमेज खबर

Back to top button