अभिनेता पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

तनहुँ – जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सत्र वर्षीया नाबालिग गायिकालाई जबरजस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए ।

पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिएका थिए । पीडितका परिवारले नायक शाहले २०७८ वैशाख १४ गते ललाइफकाइ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबरजस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।जाहेरीमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारबाही गरी कानुनबमोजिम गरी त्यही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।साभार उज्यालो अनलाईन

Back to top button