अवैध रूपमा निकालिएको नदिजन्य पदार्थ बोकेका ट्याक्टर नियन्त्रणमा

बागलुङ । जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा निकालिएको नदिजन्य पदार्थ बोकेका ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।प्रहरीले बागलुङ नगरपालिका स्थित खनियाघाटबाट अवैध नदिजन्य पदार्थ बोकेर बागलुङ आउँदै गरेका चार ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।कालिगण्डकी नदीबाट अवैध ढुङ्गा र बालुवा चोरी निकासी हुने गरेको गुनासो बढेपछि प्रहरीले छड्के अनुगमन गरेको थियो ।
नियन्त्रणमा लिएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि नगरपालिकाको जिम्मा लगाइएको छ ।साभार

Back to top button