तमानखोला गाउँपालिकाले जलाशययुक्त जलविद्युत् निर्माण गर्ने

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकाले मिनी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।तमान गाउँको फेँदमा ड्याम निर्माण गरि तमानखोलालाई थुनेर मिनी जलाशययुक्त बहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माणका लागि गाउँपालिकाले अध्ययन थालेको हो ।गाउँपालिकाको गौरवको परियोजनाको रुपमा रहेको यो योजना निर्माण सुरु गरेको तीन वर्षमा सक्ने योजना छ ।गाउँपालिकालाई पर्यटकीय हव बनाउन सो ड्याममा डुङ्गा संचालन, माछा पालन गरिने गाउँपालिकाले जनाएको छ ।हाइड्रोपावर निर्माणका लागि ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Back to top button