विना पासपोर्ट र भिसा विमानसम्म पुगेको विषयमा छानविन गर्न ९ सदस्यीय छानविन समिति गठन

काठमाडौं । सरकारले विमानस्थलको सुरक्षा अवस्था, कार्यविभाजन, कमजोरी र सुधारका उपायका सन्दर्भमा छानविन गर्न ९ सदस्यीय समिति गठन गरेको छ ।फागुन ९ गते कतारको दोहा उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट, भिसाविना नै एक व्यक्ति पुगेको घटनाको विषयमा छानविन गर्न गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको समिति गठन गरेको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।छानविन समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । सुरक्षाको दृष्टिले संवेदनशील हुनुपर्ने विमास्थलमा काँडेतार फुटाएर विमानसम्म पुग्नुलाई गम्भीर सुरक्षा कमजोरीको रुपमा हेरिएको छ ।फागुन ९ गते विमानस्थल प्रशासन, सुरक्षा निकाय र विमानस्थलमा खटिएका अन्य निकायहरूलाई चक्मा दिएर रौतहटका असरफ आलम विमानसम्म पुगेका थिए ।विमानस्थलले सीसी टीभी फुटेजहरुमार्फत अनुसन्धान गर्दा राति पौने १० बजे आयल निगमको हवाई इन्धनको डिपो नजिकबाट फलामे तारबार (फेन्सिङ कम्पाउन्ड) नाघेर उनी विमान पार्किङसम्म छिरेका थिए ।साबार अनलाईन खबर

Back to top button