बानेश्वरमा झडप हुँदा १ जना प्रदर्शनकारी गम्भिर घाइते

काठमाडौं । मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शनको क्रममा झडप हुँदा एकजना प्रदर्शनकारी गम्भिर घाइते भएका छन् । टियर ग्याँस सेलले लागेर हेमराज अवस्थी घाइते भएका हुन् ।उनको टाउकोमा चोट लागेको छ । बानेश्वरस्थित एभरेष्ट नर्सिङ होमले उनलाई ट्रमा सेन्टरमा रिफर गरेको छ । उनको टाउकोमा चोट लागेको छ ।बानेश्वरबाट प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । उच्छृङ्खल गतिविधि गर्ने १२ जनालाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले  बताए ।साबार रातोपाटी

Back to top button