भारतीय सेनाले दियो नेपाली सेनालाई एक लाख डोज खोप उपहार

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख डोज खोप उपहारमा दिएको छ ।भारत सरकारको “खोप मैत्री योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख डोज खोप उपहारमा दिएको हो ।बिहीबार जंगी अड्डामा आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई उक्त खोप हस्तारन्तरण गरे ।साबार अनलाईन खबर

Back to top button