३१८ कोरोना संक्रमित थपिए, ५६२ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५०८ पीसीआर र २ हजार २३५ एन्टिजेन परीक्षण गर्दा ३१८ भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।बिहीबार ५६२ जना संक्रमित कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित छन् ।साबार ईमेज खबर

Back to top button