५९ अङ्कले घटेको शेयर बजार राताम्मे, कारोबार रकममा भने सुधार

काठमाण्डाै – हिजो बुधवार साढे १५ अङ्कले घटेको शेयर बजार आज बिहीवार झन्डै ५९ अङ्कले घटेको छ । नेप्से आज ५८ दशमलव ९९ अङ्कले घटेर दुई हजार ६ सय ६१ दशमलव ४४ विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर घट्दा बजार राताम्मे देखिएको छ । बीमा, उत्पादन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आज दुई सय २९ कम्पनीका ८४ लाख ९० हजार कित्ता शेयर चार अर्ब २९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । यस्तै आज युनिभर्सल पावर कम्पनीको शेयर झन्डै ६ प्रतिशतले र न्यादी हाइड्रोको शेयर साढे ५ प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि हिमालयन जनरल इन्स्याेरेन्स कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

Back to top button