प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसहितका नेताहरूबीच छलफल

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच नयाँ बानेश्वरमा छलफल भएको छ ।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा मतदान नगर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले नेकपा एमालेसँग संवाद बढाएको छ ।आज बिहीवारको संसद् बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीलाई सँगै राखेर एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता सुवास नेम्वाङसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित भएपछि उहाँले प्रतिपक्षी दलसँग छलफल गर्नुभएको हो ।आजकाे बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची राखिएको भए पनि बैठक भाेलि शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हाे ।

Back to top button