पर्वतमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पर्वत । पर्वतको महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।भोक्सिङ–होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३४ बर्षीय रन बहादुर रानाको मृत्यु भएको हो ।उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ ।दुर्घटनाको जानकारी आज बिहान मात्रै प्राप्त भएकाले घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान भइरहेको छ ।

Back to top button