सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढ्यो, अझै बढ्न सक्ने अनुमान

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा २५ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९९ हजार रुपैयाँमा पुगेको छ।भाउ अझै बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । सुनको भाउ यसरी बढ्नुको मुख्य कारण अहिले रुस र युक्रेनको विवाद नै भएको उहाँको भनाइ छ ।युक्रेनमा रूसको हस्तक्षेपसँगै विभिन्न युरोपेली देशसहित अमेरिकाले प्रतिबन्ध लगाएकाे छ । यसकै कारण सुनको बजारमा असर परेको शाक्यले बताउनुभयो ।यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीकाे भाउ तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा  पुगेको छ ।साबार उज्यालो अनलाईन

Back to top button