पर्वतमा आउनुभएका अर्थमन्त्री शर्मा संग जनप्रतिनिधी र व्यावसायीको अन्तरक्रिया

पर्वत । अर्थमन्त्री जनार्दन शर्माले आवश्यकताका आधारमा सरकारले विकास निर्माणका काममा सहयोग गर्ने बताउनुभएको छ । पर्वतमा हिजो साँझ आउनुभएका अर्थमन्त्री शर्माले पर्वतका जनप्रतिनिधी र व्यावसायी संग छलफल गर्दै पर्वतका ठूला पूर्वाधारहरुको लागि यहाँका बासिन्दाको आवश्यकता अनुसारको कार्यक्रमहरु माग गर्दा सरकारले अध्ययन गरि आवश्यक बजेटको व्यवस्था गर्ने बताउनुभएको हो । कुश्माका नगरप्रमुख रामचन्द्र जोशीले कुश्मा बलेवा पक्कि पुल, कुश्मामा सिटी हल सहितको वसपार्क निर्माण, गतवर्षको बाढि पहिरोले क्षती भएका नागरिकहरुको समस्या समाधान, बस्ती संरक्षणका कार्यक्रममा राज्यले सहयोग गर्नुपर्ने तथा पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न अनुरोध गर्नुभएको थियो । उद्योगी व्यवसायीहरुले पोखरा देखी नयाँपुल सम्म सुरुङ मार्ग निर्माण गर्ने योजनालाई प्राथमिकता दिन अनुरोध गरे । उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले पर्वतलाई पोखरा सम्म सहज पहुँच बनाउन सूरङ मार्ग निर्माण गर्ने योजना पुरा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । अर्थमन्त्री शर्माले सरकारले आगामी वर्षको बजेटमा यहाँका मागहरु सके सम्म सम्बोधन गर्ने आश्वसन दिनुभयो । मध्यपहाडी लोकमार्गलाई छोटो बनाउन विभिन्न स्थानमा सुरुङ मार्ग निर्माण गर्ने सरकारको लक्ष्य रहेको अर्थमन्त्रीले सुनाउनुभयो । उहाँले पर्वत जिल्लामा रहेका संभावनालाई उजागर गर्न स्थानीय तह र व्यावसायिका बिचमा छलफल गरेर योजना माग गर्न पनि अनुरोध गर्नुभयो ।

Back to top button