६ करोड रुपैयाँ ठगेकाे आरोपमा भरोसा सहकारीका २ जना पक्राउ

काठमाण्डाै – निक्षेपकर्ताको ६ करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको आरोपमा काठमाण्डौको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका दुई जना सञ्चालक पक्राउ परेका छन् ।  पुरानाे बानेश्वरमा रहेको भरोसा नेपाल बहुउद्देश्यीय सहकार संस्थामा निक्षेपकर्ताले जम्मा गरेको ६ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्चालक समितिका अध्यक्ष काठमाण्डौका सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्राउ गरेको हो ।उनीहरूले निक्षेपकर्ताको बचत रकम झिकेर आफैँ चलाएका थिए । निक्षेपकर्ताले रकम माग्दा उनीहरूले सहकारीमै ताला लगाएर भागेका प्रहरीले जनाएको छ । साबार उज्यालो अनलाईन

Back to top button