![](https://parbatmala.com/wp-content/uploads/2022/02/bidya_bhandari_and_sherbahadur_deuba_yWyELFw1iO.jpg)
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज बुधवार ट्वीट गर्नुहुँदै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति बेहाेर्नुपरेकाे उल्लेख गर्नुभएको छ । दुःखको यस घडीमा स्व. लामाप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज ट्वीट गर्नुहुँदै गायक लामाको निधनबाट देशले गीतसङ्गीत, चलचित्र एवम् हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गर्नुभएको छ । उहाँले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा निधन भएको थियो ।