तमानखोला गाउँपालिकामा शिक्षा,स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा सुधार हुँदै

बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकामा शिक्षा,स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै आएकोछ । गाउँपालिका विकासका पूर्वाधारका हिसाबले पछाडि परेको थियो ।पछिल्लो समय सबै क्षेत्रमा शिक्षा,स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा सुधार हुँदै आएकोछ । हाल शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यले सो गाउँपालिकाका विद्यालयमा इन्टरनेट सेवा समेत विस्तार गरिएको छ ।केही वर्ष अगाडिसम्म तमानखोलाकाका विद्यालयहरु जीर्ण थिए । विद्यार्थीहरु भुइँमा धूलोमै बसेर पढ्न बाध्य थिए । खानेपानी र शौचालयको समेत उस्तै समस्या थियो । नजिक विद्यालयहरु थिएनन् । विद्यार्थीलाई इन्टरनेटको विषयमा पाठ्यपुस्तकमा पढेपनि व्यवहारिक ज्ञान थिएन ।

तर अहिले गाउँपालिकाले माध्यमिक तहका सबै विद्यालयहरुमा इन्टरनेट विस्तार गरेकोछ । गाउँपालिकामा ३ वटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका वडा नम्बर ३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नम्बर ५ को शान्ति माध्यमिक विद्यालय र वडा नम्बर १ को जन जागृति माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएकोछ ।विद्यालयमा इन्टरनेट जडानपछि शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बन्दै गए पनि केही समयदेखि अवरुद्ध हुँदा शिक्षण सिकाईमा समस्या भएको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भबिन्द्र पुनले बताउनुभयो ।तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढा मगरले सूचना प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिमैत्री बनाउनका लागि विद्यालयहरुमा इन्टरनेट विस्तार गर्न थालेको बताउनुभयो ।तमानखोला गाउँपालिकामा कुल २४ वटा विद्यालय छन् । जसमध्ये माध्यमिक विद्यालय ३ वटा, आधारभूत विद्यालय नौ वटा र प्राथमिक विद्यालय १२ वटा रहेका छन् ।बागलुङका सुगमकै विद्यालयहरुमा इन्टरनेटको पहुँच छैन तर दुर्गम तमानखोलाले गाउँका विद्यालयहरुमा पनि विस्तार गर्ने कामको सुरुवात गरेको छ, जुन स्रहानीय छ ।

Back to top button