बाग्लुङमा सडक खन्ने क्रममा सुक्खा पहिराे खस्दा एक जनाको ज्यान

बाग्लुङ – बाग्लुङको बडिगाड गाउँपालिका ७ मा सडक खन्ने क्रममा सुक्खा पहिराे खस्दा एक जनाको ज्यान गएको छ । पहिराे खस्दा अन्य दुई जना घाइते भएका छन् ।पहिराे खस्दा बडिगाड गाउँपालिका–७ का गोपीराम विकको ज्यान गएको प्रहरीले जनाएको छ । इदिखोलादेखि गोठान जोड्ने सडक खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराेले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।पहिरोमा परेर स्थानीयवासी कृष्ण विक र दुर्गा विक घाइते हुनुभएको छ ।

Back to top button