लमजुङकाे बेसीसहर केन्द्रबिन्दु भएर भूकम्प

लमजुङ – लमजुङकाे बेसीसहर केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ । गएराति २ बजेर २२ मिनेट जाँदा बेसीसहर नगरपालिका–१०  बाँझखेत केन्द्रबिन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ। जिल्लामा यसअघि गएकाे माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रबिन्दु तीन दशमलव दुई रेक्टर  स्केलकै भूकम्प गएको थियो।

Back to top button