फेवातालको पानी फेरि घटाइने

पोखरा । पोखरास्थित फेवातालको पानी फेरि घटाइने भएको छ ।जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले पानी सुकाउने जानकारी दिएको हो । सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको बताइएको छ । सिंचाइको नहर यही कल्भर्टबाट बग्ने गरेको छ ।पानी निरन्तर बगेकाले काम गर्न समस्या परेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । फागुन १० देखि पानीको सतह घटाउन लागिएको हो । ३० वैशाखसम्म बाँध खोल्ने र सतह घटाइने कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिनुभयो ।यसअघि पनि फेवाको बाँध मर्मतका लागि तालको पानी सुकाइएको थियो । तत्कालीन समयमा सतह निकै घटेकाले पर्यटकसमेत समस्यामा परेका थिए । अहिले भने महसुस नहुने गरी बाँध खोलिने बताइएको छ ।साबार ईमेज खबर

Back to top button