अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विविध कार्यक्रमगरि मनाइँदै

काठमाडौं । आज सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमगरि मनाइँदैछ ।संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेबु्रअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो । सो दिवस मनाइरहँदा भाषा संरक्षणमा भने चुनौती थपिँदै गएको छ ।मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन नसकेको विज्ञहरु बताउँछन् । अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिँदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दैगएको हो ।२०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छ । यो सङ्ख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको सङ्ख्याभन्दा पनि बढी हो । सांस्कृतिक एकताको मुख्य पाटो मानिने भाषाको उचित संरक्षण र संवद्धन हुन नसक्दा नेपालमा बोलिने झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेको भाषा आयोगले बताएको छ ।आदिम समुदायका मातृभाष विद्यालयको प्रयोगमा नहुँदा र सार्वजनिक जीवनमा समेत प्रयोग नहुँदा यी भाषा सङ्कटमा परेको आयोगको भनाईछ ।एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम गरिरहेका जनाएको छ ।साबार ईमेज खबर

Back to top button