एक वर्षमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ बढ्यो

काठमाडौं । पछिल्लो एक वर्षमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ बढेकोछ ।अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पनि परेको हो । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेर आएको भन्दै विगत एक वर्षदेखि स्थानीय बजारमा लगातार मूल्य बढाइरहेको छ ।त्यसको असर आम उपभोक्तामा पर्न गएकोछ । निगमका अनुसार अघिल्लो वर्ष २०७७ फागुन ४ मा पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ रहेकोमा हाल बढेर १४५ पुगेकोछ । यस्तै, सो अवधिमा डिजेल प्रतिलिटर ९७ रुपैयाँ मूल्य रहेकोमा अहिले बढेर १२८ पुगेकोछ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य बढेको निगमले बताउँदै आएकोछ ।साबार ईमेज खबर

Back to top button