नेपाली कांग्रेस मोदि गाउँपालिका–८ चित्रेले कार्यालय स्थापना

पर्वत । नेपाली कांग्रेस मोदि गाउँपालिका–८ चित्रेले कार्यालय स्थापना गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषण गरे सँगै कांग्रेसले आफ्ना गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउन कार्यालय स्थापना गरेको हो । पार्टी कार्यालय संचालनका लागि स्थानीय ओम प्रसाद गुरुङले निशुल्क रुपमा दुई वटा कोठा उपलब्ध गराएका हुन् । कार्यालयको नेपाली कांग्रेसका निर्वतमान केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशिले पार्टी कार्यालय स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले जिल्लाका वडा वडामा कांग्रेसले कार्यालय स्थापना गरेर नयाँ सन्देश दिन खोजेको बताउनु भयो । नेपाली कांग्रेस प्रदेश सभा (क)क्षेत्रीय कार्यसमितिका सभापति राजकुमार क्षेत्रीले कार्यालय स्थापना सँगै संगठन निर्माण र सुदृढीकरण लाग्न जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस नेता राम बहादुर प्रसाईं ’जीवन’, नेपाल प्रेस युनियन पर्वतका संस्थापक एवं नेपाल पत्रकार महासघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल, नेपाली कांग्रेस चित्रेका नेता महेन्द्र गुरुङ, महिला नेत्री रेणु खत्री लगायतले बोल्नु भएको थियो । उक्त कार्यक्रममा नेकपा एमाले परित्याग गरि १८ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेस गरेका छन् । नेपाली कांग्रेस मोदि गाउँपालिका–८ चित्रेका सभापति भिमप्रसाद लम्सालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस मोदि गाउँपालिकाका उपसभापति तिकलप्रसाद पौडेल र कार्यक्रम संचालन नेपाली कांग्रेस चित्रेका पार्टी सचीव डिल्लीराम पौडेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा मृगौला पीडित प्रेम सुनारलाई नेपाली कांग्रेस पर्वतको तर्फबाट नगद ५ हजार र नेपाली कांग्रेस मोदि गाउँपालिकाकी उपसभापति दुर्गादेवी शर्माले ३ हजार सहयोग गर्नुभएको थियो । यसै कार्यक्रमका बीच चित्रेमा नेपाल महिला संघ गठन गरिएको छ । महिलाहरुको भेलाले सुस्मिता परियारको सभापतित्वमा १५ सदस्यीय समिति गठन गरेको नेपाल महिला संघ मोदी गाउँपालिकाकी सभापति बिमला बस्नेतले जानकारी दिनुभयो ।

Back to top button