नेपाल बारको आगामी चैत्रमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल बार एसोसिएसनको आगामी चैत १९ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।देशैभर एकसाथ मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् ।निर्वाचन समितिका अनुसार चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिनेछ भने नामावलीमा दावी विरोधको मिति फागुन १३ गतेलाई तोकिएको छ । त्यस्तै अन्तिम नामावली फागुन २० गते प्रकाशित हुँदा फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर आगामी चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु हुनेछ ।साबार ईमेज खबर

Back to top button