नेकपा समाजवादीको आज केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस)मा एमसीसीको विषयमा चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।सो बैठक आज सोमबार दिउँसो १ बजेका लागि बोलाएको नेकपा (एस)का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको हो ।यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो ।तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै आपत्ति जनाउनु भएको थियो ।साबार ईमेज खबर

Back to top button