शेयर बजार ३९ अङ्कले घटेर राताम्मे, चार अर्ब आठ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव चार अङ्कले घटेर दुई हजार ६ सय ९३ दशमलव १० विन्दुमा झरेको छ ।आज अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर राताम्मे भएको छ । विकास बैंक, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।आज दुई सय ३० कम्पनीका ७१ लाख २२ हजार कित्ता शेयर चार अर्ब आठ करोड ६४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्त कम्पनीको ५८ करोड रुपैयाँको शेयर किनबेच भयो । बोनस र नगद गरी लगानीकर्तालाई ७३ प्रतिशत लाभांश दिने घोषणा गरेको जीवन विकास लघुवित्तको शेयरमा आकर्षण बढेको हो ।  आज नारायणी विकास बैंक, युनाइटेड इन्सुरेन्स, रुरु जलविद्युत् र प्रभु लाइफ इन्सुरेन्सको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि युनाइटेड मर्दी हाइड्रोपावरको शेयर १० प्रतिशत र तेह्रथुम पावर कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ । साबार उज्यालो अनलाईन

Back to top button