बेलायतमा आँधी : कम्तीमा १३ जनाको ज्यान गयो, विद्युत् सेवा बन्द

यूनाइस आँधीका कारण युरोपमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, बेलायत, बेल्जियम, जर्मनी र पोल्यान्ड लगायत प्रभावित भएका छन् । आँधीले रुखहरु ढल्दा सडक  बन्द बनेका छन्। आँधीका कारण विद्युत् सेवा बन्द हुँदा झण्डै १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् ।विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन प्रयास भइरहेको बीबीसीले जनाएको छ । आँधीले सडक तथा रेलमार्ग अस्तव्यस्त भएका छन् । बेलायतमा धेरैजसो रेलमार्ग बन्द भएका छन् । युरोपमा यो हप्ता असर गर्ने यूनाइस दोस्रो पटक नाम राखिएको आँधी हो ।पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तीमा पाँच जनाको ज्यान गएको थियो । सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको शक्तिशाली आँधी पछि अहिलेको आँधीलाई युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ।आँधीको प्रभाव बढ्दै गएपछि गएराति युरोपमा रातो बत्ती बालेर चेतावनी जारी गरिएको थियो ।साबार ईमेज खबर

Back to top button