एमसीसीलाई प्रतिनिधिसभाको कार्यसूचीमा राखियो

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखिएको छ ।आइतबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी भएन । नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले असहमति राखेका थिए ।एमसीसी सम्झौतासँगै आइतबारको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित आएको लोकसेवा आयोगसम्बन्धी विधेयक पनि पेश हुने उनले जानकारी दिए ।साबार अनलाईन खबर

Back to top button