![](https://parbatmala.com/wp-content/uploads/2022/02/Capture-4.jpg)
पर्वत । पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उत्साह एकता र रुपान्तरणलाई आत्म साथ गर्दै सुदृढ कांग्रेस निर्माणका लागि टोल, वडा, गाउँ समितिको भुमिका विषयकमा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरिएको हो । नेपाली कांग्रेस जलजला गाउँ कार्य समितिले साबिक माझफाँट गाविसका २,३ र ४ नम्बर वडालाई समटेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेको नेपाली कांग्रेस जलजलाका सचीव नविन जिसिले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेसजनलाई सुदृढ र शसक्त बनाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको सचीव जिसिले बताउनु भयो ।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका निर्वतमान केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वतमा नेपाली काँग्रेसले गाउँगाउँमा अन्तरक्रियात्मक कार्यक्रमको थालनी गरेर बिचारको अभियान शुरु गरेको भन्दै धन्यबाद दिनुभयो । पार्टीमा हुने छलफल र अन्तरक्रियाले एकआपसका कुण्ठा र संगठनका समस्या हल गर्न सहयोग गर्ने भएकाले टोल, गाउँ तथा जिल्लासम्मका समितिले अन्तरक्रिया गर्न जरुरी रहेको जोशीले बताउनुभयो ।
![](https://i0.wp.com/gandakisanchar.com/wp-content/uploads/2022/02/274052628_1483148718767203_2086352416818571150_n.jpg?resize=960%2C720&ssl=1)
सामाजिक सन्जाल, होटल, चोक र सडकमा पार्टीका कार्यकर्ताहरुले आफ्नै नेता र कार्यकर्ताहरुको आलोचना गर्ने तर विपक्षीका बिरुद्धमा बोल्न नसक्ने परिपार्टी नरहेकामा दुख व्यक्त गर्नुभयो । स्थानीय चुनाव नजिकिँदै गरेको अवस्थामा पार्टीका नेता कार्यकर्ताहरु कम्मर कसेर निर्वाचनको तयारी जुट्न उहाँले आग्रह गर्नुभएको थियो । निर्वाचनमा आफु पराजित हुँदा कसैलाइृ दोष नलगाई झनै क्रियाशिल भएर पार्टीका गतिविधिमा सहभागी भएको उदाहरण दिँदै निर्वाचनको तिक्तता त्यागेर नयाँ शिराबाट काँग्रेसको संगठन मजवुत बनाउन उहाँले नेताहरुलाई अनुरोध समेत गर्नुभयो ।काँग्रेस नेता जोशीले कम्युनिष्टहरुको दोहोरो चरित्रका कारण नेपालले आजसम्म जोगाउदै आएको निश्पक्ष नीति, हैसियत तथा अडान खतरामा परेको टिप्पणी गर्नुभयो । उहाँले एमसीसीलाई कम्यूनिष्ठहरुले गिजोल्ने काम गरेको भन्दै एमसीसी अरु अनुदान जस्तै सामान्य विषय रहेको चर्चा गर्नुभयो । एमसीसी पारित हुन नदिन चिनका कम्युनिष्ठ संग नेपालका कम्यूनिष्ठ दलहरुले साँठागाँठ गरेको समेत जोशीले आरोप लगाउनुभयो । काँग्रेस कमजोर हुँदा राष्ट्र, राष्ट्रियता र लोकतान्त्रिक मुल्य मान्यता कमजोर हुने भएकाले राष्ट्र हितकालागि काँग्रेसलाइ सुदृढ र बलियो बनाउने अभियानमा लाग्न नेता कार्यकर्तालाइ आग्रह गर्नुभयो ।
![](https://i0.wp.com/gandakisanchar.com/wp-content/uploads/2022/02/274083477_469797364686229_4154008111736271880_n.jpg?resize=960%2C720&ssl=1)
नेपाली कांग्रेस गण्डकी प्रदेसका सदस्य एवं जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ’रामकृष्ण’ , ले सबै मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेस भित्रको आन्तरिक तित्तता र गुटबन्दी त्यागेर एकढिक्का भएमा कांग्रेसलाई कुनै पनि शक्तिले हराउन नसक्ने दावी गर्नुभयो ।
![](https://i0.wp.com/gandakisanchar.com/wp-content/uploads/2022/02/274060195_949511225675638_292993264263569791_n.jpg?resize=960%2C720&ssl=1)
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य भवानी शंकर पौडेल, नेपाली कांग्रेस पर्वतकी जिल्ला सदस्य लक्षमी मल्ल आचार्य, नेपाली कांग्रेस जलजला गाउँपालिकाका पुर्व पार्टी सभापति चन्द्रबहादुर जिसि, नेपाली कांग्रेस जलजला गाउँपालिका –३ मल्लाजका पुर्व पार्टी सभापति शोभियत बरुवाल, नेपाली कांग्रेसका नेता राजु आचार्य, जलजला गाउँपालिका–२ का वडा अध्यक्ष गोबिन्द बहादुर खत्री, वडा नम्बर ४ का वडाध्याक्ष भिष्म मल्ल, वडा नम्बर ३ का वडा अध्यक्ष रवि भण्डारी, वडा नम्बर ८ का वडा अध्यक्ष हरिबिकास जिसि, नवप्रवेशि टेकबहादुर जि.सि लगायतले आगामी निर्वाचनमा कांग्रेसलाई बिजय गराउन सबै आ– आफ्नै ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
![](https://i1.wp.com/gandakisanchar.com/wp-content/uploads/2022/02/1111-1.jpg?resize=1024%2C768&ssl=1)
कार्यक्रम नेपाली कांग्रेस जलजला गाउँपालिका– १ बाँसखर्कका सभापति राम बरुवाल, २ मल्लाजका सभापति खिमबहादुर खत्री, वडा नम्बर ३ का सभापति चन्द्रबहादुर खत्री, वडा नम्बर ४ का सभापति मेघनाथ पौडेल, ७ नम्बर वडाका सभापति महोहरी आचार्य र वडा नम्बर ८ का सभापति श्रीकृष्ण रेग्मी लगायतका सभापतिहरुले आफ्नो वडाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा राप्रपाका क्षेत्रीय सभापति टेकवहादुर जिसि सहित नेकपा एमाले र माओवादी परित्याग गरि २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।नेपाली कांग्रेस जलजला गाउँपालिकाका सभापति इन्दुप्रकास शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य पालिका उपसभापति सावित्री खत्री र कार्यक्रमको संचालन नेपाली कांग्रेस जलजला गाउँपालिकाका सचिव युवराज अर्मजाले गर्नु भएको थियो ।