निर्वाचन मिति तोकेसँगै काँग्रेस प्रदेश ख को चुनावी अभियान शुरु

पर्वत) । सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै नेपाली काँग्रेस प्रदेश सभा ख ले चुनावी अभियान थालेको छ । संगठनिक हिसावले प्रदेश सभा ख मा नेपाली काँग्रेस बलियो भएपनि निर्वाचनमा सँधै पराजय भोगेको नतिजालाई आत्मसाथ गदै काँग्रेसले चुनावी अभियान थालेको हो ।नेपाली काँग्रेस प्रदेश सभा ख क्षेत्रीय कार्य समिति पर्वतका सभापति परबिन गुरुङको सभापतित्वमा महाशिलामा सम्पन्न बैठकले आसन्न बैशाख ३० गते हुने भनिएको स्थानिय तहको निर्वाचनमा प्रदेश सभा ‘ख’ का चार वटै पालिका र ३० वटा वडामा नेपाली काँग्रेसलाई विजय गराउनका लागि संगठन सुदृढिकरण र गतिशिल बनाउन सक्रिय रुपमा लाग्ने निर्माण गरेको छ । प्रदेशका सवै वडामा १५÷१५ दिनमा बैठकवसी निर्णयबारे पालिकालाई जानकारी गराउनु पर्ने नियम बनाएको छ । त्यस्तै स्थानीय स्तरका गतिविधिलाई चलायमान बनाउनका लागि पालिका समितिले अगुवाई गर्ने र पालिकाले सम्पूर्ण विवरण एवम् गतिविधिका बारेमा प्रदेश समितिलाई जानकारी गराउनुपर्नेछ ।

बैठकले आगामी निर्वाचनमा अन्तरघात गर्नेलाई हदैसम्मको कार्बाहीको चेतवानी दिएको छ । क्षेत्रीय सचीव छविलाल तिवारीका अनुसार स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा पार्टीले सिफरिस गरी सहभागि आधिकारिक उम्मेदवारलाई असहयोग गर्न लाग्ने, अन्तरघात गर्ने तथा पार्टीका उम्मेदवारलाई पराजीत गराउन मतदाता तथा कार्यकर्ता उक्साउने जो कोही व्यक्तिलाई पार्टीको विधान अनुसार हदैसम्मको कार्बाही गर्ने निर्णय गरेको छ ।बैठकले काँग्रेस टोल कार्य समिति गठन गर्न वडाका सबै टोलमा आवश्यक अनुसार यहि फागुन १५ भित्रै गठन गर्न वडा समितिलाई सक्रियताका साथ लाग्ने र पालिका समितिले आवश्यक सहयोग गरी टोल कार्य समिति गठन भएको विवरण प्रदेश समितिलाई बुझाउने निर्णय गरेको छ ।बैठकले हालसम्म भएका आर्यव्यव समेत सार्वजानिक गरेको जनाएको छ । बैठकले नेपाली काँग्रेस नेता सामजिक व्यक्तित्व, संचार उद्यमी हरि न्यौपानेकी ममतामयी माता स्वर्गिय नन्दकला न्यौपानेको निधन भएको दुःख व्यक्त गदै फागुन ९ गते बिहादी गाउँपालिका–३ रानीपानीमा शोक सभा कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।

बैठकलाई सम्बोधन गदै क्षेत्रीय सभापति गुरुङले पार्टीलाई समयअनुसार चलायमान बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले आशन्न निर्वाचनलाई लक्षित गरेर क्षेत्रीय कार्य समितिले आफ्ना गतिविधीलाई बढुवा दिने बताउनु भयो । आफु क्षेत्रीय सभापतिमा निर्वाचित भएसँगै क्षेत्रका ३० वटै वडामा टोल कार्य समिति गठन प्रकियालाई पूर्णता दिएको बताउँदै नेता गुरुङले काँग्रेसलाई बलियो बनाउन सबै एकताबद्द भएर लाग्न सुझाव दिनुभयो । सभापति गुरुङले आसन्न निर्वाचनमा पार्टीको बिधान बिपरित कार्य गर्ने र अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई हदै सम्मको कार्बाही हुने बताउनु भयो। सिङ्गो पार्टी र सच्चा कार्यकर्ता माथि अन्तरघातले गम्भीर चोट पुर्याएको भन्दै उहाँले व्याक्तिगत स्वार्थका आडमा यसरी काँग्रेसको खोल ओडेर काँग्रेस लाई नै हराउन लागिपर्ने अन्तरघातीलाई हदै सम्मका कार्बाही गर्ने चेतवानी दिनुभएको छ ।

Back to top button