जलजलामा राप्रपाका क्षेत्रिय सभापती सहित २१ जना काङ्ग्रेसमा प्रवेश

पर्वत । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषण गरेसँगै नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढेको छ । दुई तिहाई जनमत प्राप्त  कम्युनिस्टहरु तिनधारमा बिभाजित भएको र अन्य पार्टीहरुको अस्तित्व  संकटग्रत देखिएको हुँदा पछिल्लो समय नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढेको हो ।केही समय अगाडि कुश्मा नगरपालिका-९ कटुवाचौपारि मलामीडाँडाकाे सिंगो गाउँ सँगै अन्य २९ जना  नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । आज(शनिबार) फेरि नेपाली कांग्रेस जलजला गाउँपालिकाले  आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा रास्ट्रीय प्रजातन्त्र पार्टीका प्रदेश सभा क का क्षेत्रीय कार्य समितिका सभापति टेकवहादुर जिसि सहित २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरु रुद्रबहादुर थापा, भद्र बहादुर थापा, दल बहादुर अधिकारी, भद्रबहादुर बरुवाल, सन्तोष केसी, कैलास कार्की, सन्तोष अधिकारी, मनिस जिसि, कृष्ण बहादुर थापा, सुन्दर बोहरा र कमल खत्री लगायतका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेस गरेको नेपाली कांग्रेस जलजला गाउँपालिकाका सचीव युवराज अर्मजाले जानकारी दिनुभयो । नवप्रवेशिहरुलाई नेपाली कांग्रेसका निर्वतमान केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले साधारण  सदस्यता प्रदान गर्दै कांग्रेसमा स्वागत गर्नुभएको थियोे । नवप्रवेशीहरुलाई स्वागत गर्दै नेता जोशिले रास्ट्रीयता, लोकतन्त्र र समाजबादको यात्रामा मिलेर अगाडि बढने बताउनु भएको छ ।कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’,  लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Back to top button