नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ

खाेटाङ – खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा महजस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय एक बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो । स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाईलाई महजस्तो देखिने ५ केजी पदार्थसहित शनिबार पक्राउ गरेको हो । बजारमा नक्कली मह बिक्री भइरहेको विषयमा उद्योग वाणिज्य संघले नगरपालिकालाई जानकारी गराएपछि प्रहरीले ती बालकलाई नियन्त्रणमा लिएको हो ।नक्कली मह बिक्री गरिरहेका अर्का एक जना फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो । साबार उज्यालो अनलाईन

Back to top button