भक्तपुरका विभिन्न ठाउँमा तीन जनाको शव भेटियो

काठमाण्डाै – भक्तपुरका विभिन्न ठाउँमा तीन जनाको शव भेटिएको छ । एक जनाको निसास्सीएर र २ जना सडकमा मृत अवस्थामा भेटिएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।सानोठिमीमा निर्मला महर्जनको घरमा डेरा गरी बस्ने उदयपुरको गाईघाट घर भएका ४० वर्षीय गणेश मगर शौचालयमा अचेत अवस्थामा भेटिनुभएको थियो । उहाँको अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै आज बिहान सानोठिमीको दिव्यश्वरी प्लानिङ हलेसी मार्ट पछाडि सडकमा उदयपुरको कटारी घर भएका सुरज तामाङ पनि मृत अवस्थामा भेटिएका छन् ।यस्तै सूर्य विनायक नगरपालिकाको  नङ्खेल भाराली खोलामा नाम ठेगाना नखुलेका अर्को एक व्यक्ति पनि मृत अवस्थामा भेटिएका छन् । सबै घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । साबार उज्यालो अनलाईन

Back to top button