
पर्वत । पर्वतको मोदी गाउँपालिका १ भूकदेउरालीमा २५ सदस्सीय नेपाल महिला संघ वडा समिति गठन भएको छ । रमा गुरुङको अध्यक्षतामा उक्त समिति गठन भएको हो । नेपाल महिला संघ पर्वतका सभापति मुना शर्मा लामीछानेको विशेष उपस्थितीमा महिलाहरुको भेला मार्फत वडा समिति गठन गरिएको थियो ।कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य भुल प्रसाद पौडेल, मोदी १ का बाड अध्यक्ष गौ प्रसाद गुरूङ, यूवा नेता दिपेन्द जंग लामीछाने, रामबहादुर प्रसाई, नेपाल महिना संघ पर्वतका सचिव सुसिला शर्मा, प्रदेश उपसभापति दुर्गादेबी शर्मा, मोदी १ का सभापति जगत गुरुङ, र महिला नेतृ शुभा उचै ठकुरी लगायतले बोल्दै महिला संघको उन्नतीको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।कार्यक्रम सञ्चालन नेपाल महिला संघ मोदीका सचिव कमला शर्माले गर्नुभएको थियो भने स्वागत सुनिता भारतीले गर्नुभएको थियो ।