नयाँबानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा आज शुक्रबार पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन गरिएको छ ।सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत दलहरुले बानेश्वर क्षेत्रमा एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् ।उनीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन’ भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् ।बानेश्वर क्षेत्रमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्ने गाडी पनि तैनाथ गरिएको छ ।साबार ईमेज खबर

Back to top button