स्थानीय चुनावको मुखमा कटुवाचौपारीका ८९ जना काँग्रेसमा प्रवेश

पर्बत । स्थानीय तहको निर्वाचनको मिति घोषणा भए पश्चात नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ । पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीका दुई ठाउँमा गरेर आज एकैदिन ८९ जना व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । लामो समयदेखि नेकपा एमाले, माओबादी केन्द्र लगायत पार्टीमा सक्रिय रहेका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । मलामी डाँडामा आयोजित कार्यक्रममा ५० जना र गायत्रीमा आयोजित कार्यक्रममा २९ जना व्याक्तिलाई पार्टीमा स्वागत गरिएको छ । मलामीडाँडामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवं संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य सीता काफ्ले लामिछाने, वडा सभापति राम शर्मा लामिछाने लगायतले नवप्रवेशीलाई पार्टी सदस्यता प्रदान गरि स्वागत गर्नुभयो । पार्टी प्रवेश गराउँदै जोशीले नेपाली काँग्रेसले अवको निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गर्ने निश्चित भएको बताउनुभयो । लामो समयसम्म कम्यूनिष्ठका झुठा बाचामा भुलेका जनता अहिले आएर सूसुचित भएको भन्दै जोशीले काँग्रेसमा प्रवेशको लहर चलेको बताउनुभयो । नेपाली काँग्रेस दलित, गरिव, अल्पसंख्यक, भोका नांगा व्याक्तिको सेवा गर्ने पार्टी भएको दाबी गर्नुभयो । नेपाली काँग्रेसका नेताहरुले पार्टीलाई बिगारेको भन्दै पार्टीका विकृतिहरुलाई निमिट्यान्न गर्नुपर्ने उल्लेख गर्नुभएको छ । अर्को कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले निर्वाचन नजिँकिदै गएको बेला काँग्रेस प्रति उर्लिएको जनसागरले सुखद परिणाम दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनमा चुनाव जित्ने र जनताको विश्वास जित्नेले मेयर, उपमेयर, वडाध्यक्ष पदको टिकट पाउने प्रतिबद्धता जनाउँदै काँग्रेसलाई जिताउने अभियानमा जुट्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । शर्माले नेपाली काँग्रेसले केहि दिनमा निर्वाचन लक्षित प्रशिक्षण सञ्चालन गर्न थालेको र त्यसको सुरुवात पर्वतबाट गर्ने बताउनुभयो । अगुवा नेताहरुले गलत काम छोड्न र नयाँ कार्यकर्ताहरुले जनसेवाका काममा ध्यान दिएर पार्टीलाई बलियो बनाउन जरुरी रहेको सभापति शर्माले बताउनुभएको थियो । जिल्ला सभापति यूवराज जोशीले निर्वाचनको संघारमा उभिरहँदा ९५ प्रतिशत ठाउँमा टोलसमिति गठन भैसकेको बताउनुभयो । यो अवधिमा पर्वतमा काँग्रेस प्रतिको जनलहर थामिनसक्नु रहेको भन्दै पर्वतका २ नगरपालिका र ५ गाउँपालिका जित्ने कुरामा शंका नरहेको दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सदस्य तथा कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले नेपाली काँग्रेसको सिदान्त मन पराएर प्रवेश गर्नुभएका कार्यकर्तालाई जिम्मेवारी दिएर क्रियाशिल गराईने बताउनुभयो । कुश्मा नगरपालिकाले जनताका धेरै आवश्यकता पुरा गर्दै आएको र आगामी दिनमा पनि जनसेवामा क्रियाशिल भएर लाग्ने लामिछानेले बताउनुभयो । उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव गुप्तनिधी शर्मा, अगुवा नेता रामशर्मा पौडेल, कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष यूवराज कुँवर, नेपाली काँग्रेसका जिल्ला सदस्य लक्ष्मीकुमारी पौडेल, वडाध्यक्ष कृष्णप्रसाद लामिछाने, महिला संघका वडा सभापति संगीता लामीछाने, वडा सदस्य विष्णुहरी पराजुली, बिन्दु क्षेत्री, खगराज अधिकारी, जेष्ठ नागरिक संघका अध्यक्ष भोलानाथ उपाध्याय लगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा सभापति रामशर्मा लामिछानेले सभापतित्वमा भएको थियो भने सञ्चालन सचिव सुदिप लामिछानेले गर्नुभएको थियो । साविक कटुवाचौपारी १ को टोल समिति समेत नै गठन भएको छ । धर्मवहादुर अधिकारीको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन भएको हो । यस्तै मलामीडाँडामा सुरज विकको अध्यक्षतामा २३ सदस्यीय टोल समिति गठन गरिएको छ ।

Back to top button