भारतमा १३ जना महिला र बालिकाको इनारमा खसेर मृत्यु

काठमाडौं । भारतको कुशीनगरमा एक विवाह समारोहमा १३ जना महिला र बालिकाको इनारमा खसेर मुत्य्र् भएको छ ।विवाहको विधिका लागि इनारमाथि जालीमा पुजा गर्न बसेको १३ ती महिला र बालिकाहरुको जाली भाँच्चिदा मृत्यु भएको हो । यसका साथै दर्जनौं घाइते भएको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।दुर्घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले गाउँका बासिन्दाको सहयोगमा १३ जनाको शव कुवाबाट निकालिएको थियो । जाली भाँच्चिई कुवामा खसेकाहरु मध्ये १० जनाको एम्बुलेन्स समयमा नपुग्दा ज्यान गएको स्थानीयको भनाई छ ।यसैबीच ,प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गदै मृतकका परिवारका लागि २ लाख र घाईतेका लागि ५० हजार दिने घोषणा गर्नुभएको छ ।साबार इमेज खबर

Back to top button