निर्वाचन सार्न माग गर्दै दिइएको रिट दर्ता गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन सार्न माग गर्दै दिइएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले संविधान र कानूनको व्याख्यासँग जोडिएको विषय भएकाले निवेदनलाई न्यायिक निरुपणको प्रक्रियामा आउन नदिनु गलत भएको भन्दै निवेदन दर्ता गर्न आदेश दिएको हो ।महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा आफूहरूको ५ वर्षे अवधि पूरा नहुने भन्दै त्यसलाई सार्न माग गर्दै निवेदन दिएका थिए ।तर, सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले माघ २६ मा कुनै आधार बिना नै निवेदन ल्याइएको भन्दै दरपीठ गरेका थिए । खतिवडाले त्यसलाई खारेज गर्दै दर्ता गर्न आदेश दिएका हुन् ।साबार इमेज खबर

Back to top button