ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज ११औं चरणका अन्तिम दुई खेल हुनेछ । मछिन्द्र एफसीले बिहीबार सातदोबाटोलाई हराएर लिग उपाधि पक्का गरेसँगै अब उपाधि होड सकिएको छ ।तर शीर्ष तीनमा रहने, मिड टेबलमा रहने र रेलिगेसनबाट जोगिनका लागि अझै क्लबहरू प्रतिस्पर्धामा छन् ।आज दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले एपीएफ एफसीसँग र एनआरटीले संकटा क्लबसँग खेल्दैछ । दुवै खेल दिउँसो एक बजे सुरु हुनेछ ।उपाधि मछिन्द्रले जितेपछि अब मनाङको लक्ष्य दोस्रो स्थानमै रहेर लिग सक्ने हुनेछ । १० खेलबाट मनाङको २० अंक छ । आजको खेल जिते मनाङले तेस्रो स्थानको आर्मीमाथि ४ अंकको अग्रता बनाउनेछ ।

Back to top button