सुनको भाउ फेरि बढ्यो, आज एक हजार रुपैयाँ महँगो

काठमाण्डाै । सुनको भाउ फेरि बढेको छ । आज तोलामा सुन एक हजार रुपैयाँले बढेर ९६ हजार एक सय रुपैयाँमा पुगेको छ।हिजो भने तोलामा सुन १६ सय  रुपैयाँले घटेको थियो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव आएकाले नेपाली बजारमा पनि भाउ घटबढ भएको हो।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।साबार उज्यालो अनलाईन

Back to top button